| M | T | W | T | F | S | S |
|---|---|---|---|---|---|---|
| « Apr | ||||||
| 1 | ||||||
| 2 | 3 | 4 | 5 | 6 | 7 | 8 |
| 9 | 10 | 11 | 12 | 13 | 14 | 15 |
| 16 | 17 | 18 | 19 | 20 | 21 | 22 |
| 23 | 24 | 25 | 26 | 27 | 28 | 29 |
| 30 | ||||||
मेरा गजलहरू
परेलिको आसू पियेर हासे
आधी मरेर आधी जियेर हासे.
|
बहारहरू संग
रुदा रुदा थाके पछि
तुसारोका घातहरू सम्जियेर हासें ।
|
ओभाना थियेनन
मेरा कुनै बिहान हरु
भिजेको सीरानी लिएर हासे.
|
रित्तो रित्तो हनु पनि
अनौठो हुदोरहेछ
खुसी पैचो दिएर हासे
|
ज़िंदगी फुल्नु अनि
झर्नु रैछ क्रमश….
फूल झै भुइमा खसे
ओइलियेर हासे.
ताधी को छाल
ताधिको छाल संगै
रुनु हुन्न सानु
सदै बालुवाको बगर
हुनु हुन्ना सानु
|
कति स्वार्थी लोभी पापी
संसार छ तिम्रो यहा
आखा चिम्ली गुलाब पनि
छुनु हुन्ना सानु
|
हिजो पनि रात भरि
के के रोयौ रे
आसुले नै रुमाल सारा
धुनु हुन्ना सानु
|
बाधी राख छाती भित्र
जति दुःख परे पनी
सबै सामु मनको बेथा
फुनु हुन्न सानु
कहिले सानी कहिले ठुली
कहिले काली औसी
चन्द्रमा नि सधै प्यारी
‘जुनु’ हुन्न सानु
|
(3)
फूल झरे पछि यहा
रित्तो रित्तो डाली भयो
तोलाई रह्ये उदास उदास माली भयो
|
ऋतू जस्ते बदली रहने
हदों रहेछा माया पनी
फिर्ता देऊ भनेऊ माया
मन मेरो खाली भयो.
|
मायाको रंगमंच म
अविनय गरेऊ शायद
मेरोतिर तिरस्कार थ्यो
तिम्रोतिर ताली भयो
|
आसू संग बग्यो खुसी
न आस छ कतै
जीवन आज रक्सानमा
मिल्कियेको थाली भयो
|
बसंत येहा कहिले?
कतिखेर आयो बहार ?
सोच्दैच्छ ‘कृसू ’ किन
येस्तो येसपाली भयो?
||
सल्किएन प्रेम दियो
चिराग भयो अधुरो
घाऊ निको भए पनि
दाग भयो अधुरो
|
न चरिले गीत गाई
न बहारले सोध्नु आयो,
न तिमि नि डुल्नु गयोऊ
वाग भयो अधुरो.
|
ओइएलिसके पुष्प हरु
व्रमर हरु फ़र्के सबै
सुगंध छैना येहा
पराग भयो अधुरो.
|
तिम्रै छाया कोरियेछ्न
मनको श्वेत केनवास भरि
खाली थियो निधार माथी
सुहाग भयो अधुरो
|
मागेकै के थिए र?
एक अंजुली माया त हो
प्रतिक्सामा थियो ‘कृसू’
माग भयो अधुरो.
खुसी -तिमी अनि म
मेरो आधा संसार लाई
सजाउछु भनेकी थ्यौ
हजूर कै छाती वित्र
अटाउछु भनेकी थ्यौ
!
|
अधुरो छ मेरो कथा
अध्यारो छ घर,
मायका दीप हरु
जलौछु भनेकी थ्यौ.
|
सधै साथ दिने बाचा
गरेकी थ्यौ ‘खुसी’
आसु झर्न खोजे भने
समझाऊछू भनेकी थ्यौ
~
धेरै छन घाऊ हरु
ज़िंदगी नै दुखेको छ
दुःख पर्दा पनी तिमी
रमाउ छू भनेकी थ्यौ
|
नया नया बहार आउदा
बिर्सियेकी हौ कि कुनी
‘कृसू’लाई सदै आफ्नो
बनाऊ छू भनेकी थ्यौ.
खुसी तिमी अनि म
खुसी मनको आंगनिमा
पाईला टेक्दा कस्तो हुन६?
बसंतमा फुलै फुलले
बाटो छेक्दा कस्तो हुन्छ?
|
अस्तित्वको खोजिवित्र
हराएको मान्छे लाई
धुंगा खोज्दा अनायास
देउता वेट्दा कस्तो हुन्छ ?
|
ऐना हेर्नु कहिले काही
जून तल झर्छे रे
जून संग आफ्नो पनी
तस्वीर देक्दा कस्तो हुन्छ?
|
समिप्याता सधैवरी किन
हुन्थ्यो जिन्दगिमा
सम्जनाले मनको लामो
दूरी मेट्दा कस्तो हुन्छ?
|
‘कृसू’कै याद खिपी
प्रतेक सेर हरु भित्र
तिमिले नि एउटा मीठो
ग़ज़ल लेक्दा कस्तो हुन्छा???
यसपाली नि
यसपाली नि आएन खै
बहार सोचेजस्तो
भेटिएन मन बुझाउने
आधार सोचे जस्तो ,
|
उ त कतै भूल्न सक्छ
अर्को दिलमा बास पाए
कहा छ र तिम्रो आफ्नै
दिलदार सोचे जस्तो
|
एक्लै आउछन अझ कति
मदनका साथी हरु
हुदैन मनिसको
ब्यबहर सोचेजस्तो
रगतको टाटो कतै
निरासाका दाग हरु
किन छैन कसैको नि
अनुहार सोचे जस्तो
|
चट्टान संग ठोकियेर
कृसू बल्ल पाखा लाग्यो
थियेन नदिको
त्यो किनार सोचे जस्तो.
अन्धकार
निस्पट्ट अन्धकार
औसिको राती थियो
रातजस्ता गज़लहरू
नलेखे कै जाती थियो
|
पोख्दै गए मनको टुकरा
कगजको टुकरा माथी
येस्तो लाग्यो येही ग़ज़ल
बिरहीको साथी थियो
|
येस्सो छामी हेरे कतै
खुसी अल्जिएको छ कि
बालुवाको बगर जस्तो
मरुभूमि छाती थियो.
|
भक्कानो त्यों बल्जी रह्यो
शनै शनै छाती भित्र
पत्थर जस्तो कुनी के हो
मेरो मुटु माथी थियो
|
ढाकी दियो बाद्लू ले
आशा का ती क्षितिज़्हरू
कृसुका धेरै सपना
देउराली मा थाती थियो.
रुन्छ
रुन्छ आफ्नो मन
आफै संग हारी जब
गाह्रो हुन्छ आफैलाई
जिन्दगिको भारी जब
|
मेरो मनको वातिकामा
एउटापनी फूल छैन
आसु खस्छ देक्दा रित्तो
रित्तो फुलबारी जब
|
बिर्सी दिनु फुलै फुलको
बाटो हिड्दा खेरी
सम्जनु कांड़ा बिच
अल्झी दिन्छ सारी जब
|
भौतारी दै धुवा जस्तै
एक्लै हिददै रहे,
कतै भेतियेना राजै
शीतल छहारी जब
|
नियालेर हेर्नु कतै
कृसू पनी हुन सक६
तिम्रो आंगन बाट हिडछ
विक्षिप्त भिकारी जब।.
मग-मग
सागर चुम्न लालायित
मुना झै लाग्छौ तिमी
मग-मग सुवासित
प्रसुना झै लाग्छौ तिमी
|
कैले येता कैले उता
छम छम नर्तन गर्ने
चंचल त्यो चौबंदिको
तुना झै लाग्छौ तिमी
|
धिप धिप बत्ती आंखा
अलंकारले सुशोवित
परी खेलने स्वर्गको त्यों
कुना झै लाग्छौ तिमी
|
परै बाट गाज़लू नयन
हेर्छु जब जब
जादू मंत्र मोहनी
तुना झै लाग्छौ तिमी
|
लहर संग खेल्दै खेल्दै
ताजमहल छेउ बाट
कतै जान लम्कियेकी
येमुना झै लाग्छौ तिमी
||
गज़ल
हामीले रच्ने गज़लको किन
बिसय येस्तै हुन६?
रगत युद्द र मृत्यु
आशय येस्तै हुन६|
|
पोखरी मा सानो माछा
सधै त्रास मा बाचेको ६
के मान्छे बिच पनी
परिचय येस्तै हुन६?
|
मृत्यु पढछु ख़बर भरि
दर्ज़नौ हताहत छन
सदै युद्द -द्वन्द सायद
प्रलय येस्तै हुन६ .
|
आज पनि कर्फ्यू छ की
दागिने पो हो की छाती
हरेक को मनमा किन
भय येस्तै हुन्छ
खै कस्लाई जीते भन्नु।।
कुन मनले जीते भन्नु
लास माथी उभीएको
बिजय येस्तै हुन्छ
|